Patikhola MuhanPuruskar GrahanTown Development Fund Prasamsa PatraOffice Bulidings

Welcome to Kushma Water Supply

पर्वत जिल्ला पश्चिमाञ्चल बिकास क्षेत्रको मध्ये पहाडी जिल्ला हो र यो नेपालको ७५ जिल्ला मध्य क्षेत्रफलका हिसावले चौथो सानो जिल्लाको रुपमा धवलागिरी अंचलमा अवस्थित छ र पर्वत जिल्ला धवलागिरी अंचलकै प्रवेशद्धार पनि हो र यसै जिल्लाको सदरमुकाम कुश्मा (शिवालय) ८.७७ वर्ग कि.मी.मा फैलिएको छ ।२८ं १२’ ०५” देखि २८ं १४’ उत्तरी अक्षांश र ३ं ३९’ १५” देखि ३ं ४२’ ००” पुर्वी देशान्तरमा पर्दछ भने समुन्द्र सतह देखि ६८० मिटर देखि १५८८ सम्म यसको उचाई रहेको छ । यहि सदरमुकाम कुश्मा नगरलाई आफ्नो सेवा क्षेत्र बनाई आम नागरिकलाई स्वच्छ सफा र प्रशोधित पिउने पानी उपलब्ध गराउनुका साथै सरफाई क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गर्दै नगर तथा वातावरणीय सरसफाईमा समेत विशेष अभियान संचालन गरी उपभोक्ताहरुको स्वास्थ्यमा पानीजन्य रोगका कारण हुने प्रतिकुल असरबाट बचाउने उद्धेश्यले शिवालय (कुश्मा) खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको गठन भएको हो ।
तत्कालिन जिल्ला खानेपानी कार्यालय पर्वतबाट प्राप्त भएको ६०३ नीजि र २७ सार्वजनिक धारा सहित खानेपानीका सम्बन्धित सम्पूर्ण भौतिक संरचनाहरुको उपयूक्त व्यवस्थापनका लागि वरिष्ठ समाज सेवी श्री कृष्णप्रसाद जोशीको तेतृत्वमा तदर्थ समिति बन्यो र सोहि समितिको अगुवाईमा जिल्ला खानेपानी कार्यालयको कार्यक्रम अनुसार २०५८ साल श्रावण १ गतेका दिन भौतिक संरचना सहितको यस योजना विधिवत रुपमा हस्तान्तरण गरि लिएको थियो ।

~~View Detail